२०८० चैत्र १५ , बिहिवार

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

सुनाखरी न्युज / काठमाडौं । ढुवानी भाडा वृद्धिको माग राखेर गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको छ ।

 

निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति