२०८१ बैशाख ८ , शनिवार

गोंगबु हत्या प्रकरण : आरोपी महिलालाई चितवनबाट काठमाडौं ल्याइयो

सुनाखरी न्युज / काठमाडौं – गत शनिबार राति काठमाडौंको गोंगबुमा भएको विभत्स हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ ।

 

प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको प्रहरीसँगको बयानमा बताएको घटनामा संलग्न अधिकारीले जनाएका छन्। । प्रहरीले घटनास्थलबाट ह्यामर र दाउ पनि फेला पारेर सार्वजनिक गरेको छ ।

 

 

घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ ।