२०८० चैत्र १५ , बिहिवार

रिचेत जलविद्युतले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

सुनाखरी न्युज / काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि कुल १ लाख १२ हजार २२३.५७ कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गर्ने निर्णय गरेको हो।

 

कम्पनी ऐन, २०६३ अन्तर्गत विसं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुर–१५ महालक्ष्मीस्थानमा रहेको छ। यसैबीच रिचेत जलविद्युत कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

 

धितोपत्र बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा साउन २५ गते अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत कम्पनी) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत कम्पनी) तथा सचिन्द्र ढुंगाना (नायब महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल) र रोश्ना मानन्धर (प्रमुख–मर्चेन्ट बैंकिङ, एनआईबिएल एस क्यापिटल) ले हस्ताक्षर गरेका छन्।