२०८१ बैशाख ८ , शनिवार

स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा फेला

सुनाखरी न्युज /  स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्ववडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन् । वालिङ–१३, स्थित गहाखोलाको शाखा सडकमा उनी मृत अवस्थामा फेला परेका हुन । सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग १६ प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

 

स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्ववडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन् । वालिङ–१३, स्थित गहाखोलाको शाखा सडकमा उनी मृत अवस्थामा फेला परेका हुन् । सिद्धार्थ राजमार्गभन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । ग १६ प ५४६१ नं को स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका हुन् ।

 

गएरातिदेखि नै श्रेष्ठ सम्पर्कविहीन भएका थिए । उनको शव वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।