२०८१ बैशाख १३ , बिहिवार

काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकमाथि कारवाही

सुनाखरी न्युज / काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन दुई हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने २ सय ३३ जना, फुटपाथमा पार्किङ गर्ने १ सय ७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लंघन गर्ने ५० जना रहेका छन । कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन । बाँकी दुई हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

 

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।