२०८१ बैशाख १३ , बिहिवार

माइक्रोबस पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते

सुनाखरी न्युज /तनहुँ  – पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन ।

 

आज बिहान माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीयहरूले अस्पताल पुर्याइएका थिए ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।