२०८१ बैशाख १२ , बुधवार

सुन तोलामा ५०० सयले सस्तियो

सुनाखरी न्युज/ काठमाडौ। नेपाली बजारमा बिहाबार सुनको भाउ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले तथा चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २२५ रुपैयाँ तोलामा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ घटेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७८५ डलर तथा चाँदी प्रतिऔंस २०.४६ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

 

हिजो बुधबार २०० रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ६०० रुपैयाँ तथा चाँदी १० रुपैयाँले घटेर १ हजार २३० रुपैयाँ तोलामा कारोबार भएको थियो ।