२०८१ बैशाख ८ , शनिवार

सशस्त्र प्रहरीद्वारा करीब १४४ के.जी. गाँजा बरामद

सुनाखरी न्युज/ काठमाडौ। पर्सा जिल्लाको बीरगंज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट साउन २४ गते राति सशस्त्र प्रहरीले करीब १ सय ४४ के.जी. गाँजा बरामद गरेको छ ।

 

सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि  गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।