२०८१ बैशाख ८ , शनिवार

लागुऔषध ब्राउनसुगर, गाँजा सहित १ जना पक्राउ

सुनाखरी न्युज / झापा । झापाको अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

हिजो बेलुका साढे ७ बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जीलाई संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका दर्जीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भईरहेको छ ।