२०८० चैत्र १५ , बिहिवार

नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय

सुनाखरी न्युज /काठमाडौ। काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय हुन थालेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले यस क्षेत्रमा ठगी बढेको गुनासो गर्नुभएको हो । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएकोे शाक्यले बताउनुभयो । यस्ता गिरोहले नक्कली पसल खडागरी त्यसैको नाममा विल समेत बनाएर नक्कली गरगहनालाई सक्कली भन्दै विक्री वितरण गर्ने गरेको पाइएको पनि शाक्यले बताउनुभएको छ ।

 

यस्ता गविविधिवाट सतर्क रहन सम्पूर्ण सुनचाँदी ब्यवसायी तथा उपभोक्तालाई महासंघले आग्रह गरेको छ । यस्ता गिरोहबाट जोगिन आम व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको छ ।