२०८१ बैशाख ६ , बिहिवार

काठमाडौंमा सात बालबालिकामा हैजा , देशभर संक्रमितको संख्या ४५ पुग्यो

सुनाखरी न्युज /काठमाडौं – काठमाडौं उपत्यकामा हैजा संक्रमित बालबालिकाको संख्या सात पुगेको छ । हालसम्म संक्रमित ४५ मध्ये १४ वर्षमुनिका सातजना छन । उनीहरू काठमाडौं महानगरपालिका र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाका बालबालिका हुन । मंगलबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । योसँगै यो वर्ष देशभर हैजा संक्रमितको संख्या ४५ पुगेको हो ।

 

 महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १९ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा नौ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई, नागार्जुनमा तीन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक÷एकजनामा हैजा संक्रमण देखिएको छ । यस्तै, ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ ।

 

 

भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक÷एकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । हालसम्म परीक्षण गरिएका धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्र पिउन महाशाखाले अनुरोध गरेको छ ।