२०८१ बैशाख ७ , शुक्रवार

वरिष्ठ छायाँकार बिदुर पाण्डेको हृदयघातका कारण निधन

सुनाखरी न्युज / काठमाडौं – फिल्म छायाँकार विदुर पाण्डेको निधन भएको छ । हृदयघातका कारण आज बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

 

अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ बर्षका थिए ।‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायांकन गरेका छन् ।

 

 

  संघका अध्यक्ष लामाका अनुसार पाण्डेको आजै पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।