२०८१ बैशाख ६ , बिहिवार

बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको भएपनि चाँदीको मूल्य भने घटेको छ । महासंघले आज बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको र चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको जनाएको छ ।

 

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १०० तोकिएको छ ।

यससँगै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ । हिजो यसको मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ थियो ।