२०८० चैत्र १५ , बिहिवार

बिमा रत्नबाट विक्रम उदास सम्मानित

सुनाखरी न्युज/ पोखरा । बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमकाबिच बिमा रत्नबाट सम्मान गरेको हो ।

 

उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९/८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल भएका हुन् । पुरस्कार स्वरुप उनले टिभिएस ब्राण्डको मोटरसाइकल र डेल कम्पनीको ल्यापटप प्राप्त गरे । उनलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्ण र अप्लाइनर रेशम गौतमले पुरस्कारसहित सम्मान गरे । कार्यक्रममा बोल्दै सिइओ कर्णले बिमाको महत्वको बारेमा स्पष्ट पारेका थिए ।

 

कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य , उपप्रमुख गणेश धमला, युनाइटेड गोल्डमार्टका सञ्चालक महेन्द्र गुभाजु, लगायतले बोलेको कम्पनीका लामाचौर शाखा प्रमुख सुर्य राज चपाइले जानकारी दिए ।