२०८० चैत्र १६ , शुक्रवार

नर्भिकले सार्वजनिक जग्गा मिचेकोबारे समिति बनाउने सहमति (निर्णय सहित)

सुनाखरी न्युज/ काठमाडौं ।

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको नबनाएकोबारे अध्ययन गर्न अध्ययन समिति बनाइने भएको छ । अध्ययन समितिमा काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकहरू रहनेछन् ।

 

सार्वजनिक जग्गामा बनाएका संरचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सोमबार अस्पताललाई दिएको निर्देशन पालन भए नभएको हेर्न शाह मंगलबार अस्पताल पुगेका थिए । महानगरले लगाएको आरोपमा नर्भिकले कानून अनुसार नै जग्गा भाडामा लिएर भौतिक संरचना बनाएको बताउँदै आएको छ ।

समितिले प्रतिवेदन दिएपछि नियमानुसार भत्काइने भन्दै महानगरका मेयर शाह फर्किएका छन् ।