२०८१ बैशाख ११ , मंगलबार

नर्भिकले भन्यो-तत्काल टहरा भत्काउन सकिँदैन

सुनाखरी न्युज/ काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले काठमाडौं महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आज पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन् ।

 

२०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको हुँदा २४ घण्टाभित्र खाली गर्न नसकिने उनले जानकारी गराएका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो । आज २ बजेसम्मको अल्टिमेटम दिँदै महानगरले अन्यथा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।