२०८१ बैशाख ८ , शनिवार

मंगलबार सुनको भाउ महिनायताकै उच्च बिन्दुमा

सुनाखरी न्युज/ काठमाडौं । मंगलबार सुनको भाउ एक महिनायताकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

 

यो मूल्य असार २१ यताकै उच्च हो । असार २१ गते ९७ हजार ६ सयमा सुनको कारोबार भएको थियो । सुनको मूल्य केही दिनयता फेरि उकालो लागेको छ । गत फागुन २५ गते प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको सुन साउन ५ गते प्रतितोला ९३ हजार रुपैयाँसम्म घटेको थियो ।

 

चाँदीको मूल्य मंगलबार प्रतितोला १२४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । चाँदीको भाउ असार १५ गतेयताकै उच्च हो ।