२०८१ बैशाख ७ , शुक्रवार

आकर्षक फिचर सहित भिभो वाई १५ सी नेपालमा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आजवाई सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

 

वाई१५सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचूर विशेषताहरु भएको स्मार्टफोनहरू र विभिन्नमूल्यदायराहरूमा अर्थपूर्ण नवीनताप्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो । सिमलेस अनुभव सुनिश्चित गर्नका लागिवाई१५सीमा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहितआई प्रोटेक्सनसमावेश गरिएको छ। युवा प्रयोगकर्ताहरुको जीवन शैलीसंग मिल्ने रदिनभरी निर्बोध रुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र “अन द गो”उपभोक्ताहरूको जीवनशैलीअनुरूपवाई१५सी लाई डिजाइन गरिएको हो ।भिभो नेपालका सीईओ माइकललेभने,“युवाउपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दालोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ।

वाई शृङ्खलाका स्मार्टफोनहरू“अन द गो”मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित, हालैलन्चगरिएकोवाई१५सी सधैं अमूल्य साथी साबित हुनेछ। यो स्मार्टफोनको अन्यउल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशालीएआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ ।”

उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा
वाई१५सी मा १३एमपीएआई डुअल क्यामेरा र २एमपी सुपर क्याक्रो क्यामेरा सेटअप जसबाट उच्चस्तरीयफोटोग्राफीअनुभवलिन सकिन्छ ।साथै,उत्कृष्ट सेल्फीहरुकालागियसमा ८एमपी फ्रन्ट क्यामेरा छ । वाई१५सी ले दैनिक सुटिङ अनुभवलाई सहजबनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभफोटो, टाइम–ल्याप्स, पानोरामा, र प्रो मोड प्रस्तुतगर्दछ।

लामो समय सम्म टिक्ने शक्तिशाली ब्याट्री
वाई१५सी मा५०००एमएएच ब्याट्री छ जुन दैनिककार्यका लागिपर्याप्त हुन्छ । यसलाई एक पटक पूर्ण चार्जगरेपछि १८.७४ घण्टासम्म चलचित्रहेर्नवा७.८९ घण्टा गेम खेल्न सकिन्छ । यसमा ५भोल्टको रिभर्स चार्जिङ छ, र पावर बैंक जस्ता अन्यउपकरणचार्ज गर्न प्रयोग गर्न सकिन्छ।

इमर्सिभ प्रदर्शन र स्टाइलिश डिजाइन
वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहितआई प्रोटेक्सन समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई भिडियो स्ट्रिमिङ, इन्टरनेट सर्फिङ र गेम खेल्दाइमर्सिभ अनुभवप्रदानगर्दछ। यसको आई प्रोटेक्सनले गर्दा दिनभरी फोन चलाएपनिआँखाथकितहुँनदिँदैन । प्रभावशालीविशेषताहरु भएको यो स्मार्टफोन ८.२८एमएम पातलो छ,हलुकातौल र फोन बोक्दा आरमदायी अनुभव प्रदान गर्दछ ।

आकर्षक रंगहरूतथाविशेषताहरु
वाई १५ सीदुईवटा आकर्षक रंगहरूमा : मिस्टिक ब्लू र वेभ ग्रीनमाउपलब्ध छ ।यसमासाइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध छ ।