२०८० चैत्र १६ , शुक्रवार

निषेधित लागुऔषध सहित २ जना पक्राउ

सुनाखरी न्युज/ मोरङ। मोरङको रतुवामाई नगरपालिका-४ पैयामारी स्थितबाट निषेधित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ साईकलमा सवार रहेका मोरङ रतुवामाई नगरपालिका-७ बस्ने १९ बर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका-७ बस्ने २२ बर्षीय युगल लिम्बुलाई चेकजाँच गर्ने क्रममा निषेधित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।