२०८० चैत्र १५ , बिहिवार

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ता

सुनाखरी न्युज/ काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोला प्रथा मार्फत ६७ हजार ५०८ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

 

जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा १ हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।
सयपत्रीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो ।

 

यसमध्ये ५% अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २% अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सयपत्री हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।