२०८१ बैशाख ६ , बिहिवार

देशका केही भागमा मध्यमदेखि भारी वर्षाकाे सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

 

त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, गण्डकी प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।