२०८१ बैशाख १३ , बिहिवार

पोखराको गुप्तेश्वर महादेव मन्दिरमा नि:शुल्क माक्स तथा सेनिटाईजर वितरण

सुनाखरी न्युज/ पोखरा । बढ्दै गईरहेको कोभिड-१९ संक्रमण र श्रावण महिनामा मन्दिरमा हुने दर्शनार्थिको भिडलाई मध्यनजर गरी गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले आज पोखराको गुप्तेश्वर महादेवको मन्दिरमा माक्स तथा सेनिटाईजर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

 

कोरोना संक्रमणको दर दिन प्रती दिन बढ्दै गईरहेको बेला सार्बजनिक स्थलमा माक्स र सेनिटाईजरको प्रयोग बिना हुने भिडभाडले संक्रमण झनै बृद्दि भई भयाबह अवस्था सृजना नहोस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रमकी प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघ पोखराका अध्यक्ष दिपा जोशीले बताउनुभयो ।

 

कार्यक्रममा गुप्तेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने १००० जनालाई नि:शुल्क माक्स वितरण गरिएको थियो भने दर्शनार्थिको प्रयोगकै लागी २ लिटर सेनिटईजर मन्दिर प्रशासनलाई हस्तान्तरण गरिएको थियो ।