२०८० चैत्र १६ , शुक्रवार

मलेसियाद्वारा दुई हप्ताका लागि कामदारको आवेदन लिन बन्द, यस्तो छ कारण !

सुनाखरी न्युज/ काठमाडौं ।
मलेसियाले दुई हप्ताका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न रोकेको छ । तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउनेछन् ।

मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन–१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको हो ।

मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो ।

 

संशोधित रोजगार ऐनमा सुधार गरिएको प्रावधानहरू भने विज्ञप्तिमा उल्लेख छैन ।