२०८१ बैशाख ४ , मंगलबार

हिरासतबाटै फरार अभियुक्त पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका एक अभियुक्त हिरासतबाटै भागेपछि फेरि पक्राउ परेका छन् ।

 

बर्दिया प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा हिरासतमा राखिएका बाँके खजुरा गाउँपालिका ८ बस्ने २६ वर्षीय अब्दुल खाँ खाना खाने समयमा सेन्ट्री बसेका प्रहरीलाई झुक्याएर भागेका थिए । फरार भएका खाँलाई प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाको नेतृत्वमा खटिएको टोलीले साउन २३ गते बर्दिया बढैयाताल गाउँपालिका २ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

हाल उनलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । यसबारे बर्दिया प्रहरीले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।