२०८१ बैशाख ८ , शनिवार

दैनिक तातो पानी पिउनुका दश फाइदा

सुनाखरी न्युज /आजकल धेरै मानिस कम मात्रामा पानी पिउने गर्दछन् । एक त पानीको मात्रा कम त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा बिभिन्न प्रकारको समस्याहरु देखापर्दछ मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्। दिनभरी थोरै थोरै गरी तातो पानी खानुका फाइदाबारे यहाँ जानकारी दिइएको छ ।

१. तातो पानीले शरीरको शुद्धिकरण गर्दछ । उमालेको पानी आफैमा शुद्ध हुने भएकाले यसले शरीर शुद्धिकरणमा सघाउ पुर्याउँछ ।

२. पाचन प्रणालीमा गडबडी हुनेहरुले दैनिक दुइ पटक तातो पानी पिउनाले पाचन प्रणालीमा स्वस्थ्य पार्नुका साथै नियमित गर्दछ ।

३. सबैलाई थाहा छ की तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्छ । त्यसैमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ ।

 

४. यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ ।

५. यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखिनुहुनेछ ।

६. तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।

७. तातो पानीको सेवन गर्दा शरीरमा तापक्रम बढ्न गई पसिना निस्कन्छ । पसिना निस्कदा शरीरमा बढि भएको नुन बाहिर निकाल्नुका साथै रगतको शुद्धिकरणमा सहयोग पूर्याउँछ ।

 

 

८. महिनावारीका समयमा पेट दुख्ने समस्या कम गर्न तातोपानी उपयोगी हुन्छ ।

९. टाउको वा पेट दुखेको बेला तातो पानी पिउँदा राहत पुग्दछ ।

१० यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ ।