२०८० चैत्र १५ , बिहिवार

प्रभु क्यापिटलको सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतना मूलक भिडियो “आशा” सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्था सँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँच बाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिका लाई सहयोग’भन्ने मुल नारा सहितशिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुनभन्ने उद्देश्यका साथ सहित बालदिवसको शुभ अवसर पारेर “PRABHU LITTLE CHAMP PMS” योजना शुरुवात गरेको हो र यसै विषयलाई लिएर हालप्रभु क्यापिटलले “आशा”नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ ।

 

यस भिडियोमा मुख्यपात्रआशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमाअध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्यादिनप्रतिदिनथपिदै गएको जानकारी दिएको छ । यस भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमाआफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवलभविष्यका साथ सामाजिककार्यमा सहयोगीबन्न सक्नुहुनेछ भन्ने जानकारी दिएको छ । प्रभु क्यापिटलको यो लिटिल च्याम्पपिएमएसभर्खरै जन्मिएका बच्चा देखि १८ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षितभविष्यको लागि शुरु गरेको हो जसमानानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एक पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालयखर्च व्यहोर्ने छ ।

 

प्रभु क्यापिटलको नियमितकार्यालय समय तथा प्रभु बैंकको नेपालअधिराज्यभरी रहेको शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागीहुन सक्नुहुनेछ । यसरी सहभागीभएका सेवाग्राहीहरुले आफ्नो लगानीव्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्थामिलाउनुका साथै साप्ताहिक रुपमादिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्थामिलाइएको छ । यो सेवाको बारेमा थपजानकारी लिनचाहनुहुने सेवाग्राहीले प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com का साथै फोन नं. ०१–५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्नसक्नु हुनेछ ।