२०८१ बैशाख ७ , शुक्रवार

भद्दा , ठट्यौलीको भरमार गीतहरूले तीजकै धज्जी उडाइरहेका संस्कृतिविद्को तर्क

सुनाखरी न्युज / महिना दिनदेखि नै कलाकारहरूले तीजलक्षित गीत सार्वजनिक गर्न थालिसकेका थिए। अधिकांश तीज गीतको रेकर्डिङ करिब सकिएको छ। भिडियोको धमाधम सुटिङ भइरहेको छ।कोहीले भने युट्युबमा भिडियो पोस्ट गरेर ट्रेन्डिङमा चढाइसकेका छन्। केही सातायता मात्र दर्जनौँ यस्ता गीत अपलोड भएका छन् ।

 

कतिपयले गीतमा तीजका मौलिक शब्द र संस्कृति धानेका छन् भने कतिपय गीतमा भद्दा ठट्यौलीको भरमार छ।, छमछम पातली कम्मर बोलको गीत पनि यसैपाली बजारमा आएको छ। रेखा शाहको गीतमा नीता ढुंगाको नृत्य देख्न सकिन्छ। भागीरथ चलाउनेको गीत आएको छ। ‘धुलो उराइगो’ बोलको गीतमा भूमिका गीरीले उनलाई साथ दिइएकी छिन्। गीतमा अहिलेसम्म ११ लाख बढी भ्युज छ।लोकगायिका शान्ति श्री परियारले पनि ‘बाबाको आँगन’ बोलको गीत ल्याएकी छिन्। दुई साताअघि सार्वजनिक गीतमा अन्जली अधिकारीलगायत कलाकारको नाच देख्न सकिन्छ।गीतमध्ये सबैभन्दा चलेको गीत हो ‘झमझम झम्काना’।

 

 

चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउने र गायिका सुनीता बुढा क्षत्रीको स्वरमा रहेको गीत बजारमा आएको महिना दिन हुनै लाग्यो।तीजको छेकोमा आएको सुशीला पाठकको स्वर रहेको ‘पापाकी परी’ को व्यापक आलोचनापछि तीज गीतकै लिस्टबाट हटाइयो। त्यति मात्र होइन पेटिकोटको दृश्य पनि हटाइएको छ। गीतबाट पेटिकोट लगाएर नाचिएका दृश्य हटाएर शनिबार पुनः युट्युबमा सार्वजनिक गरिएको छ।यी गीतको भाकामा तीजको छनकै मिल्दैन। शब्दमा तीजको मर्म उनिएको पाइँदैन। बरु, उत्तेजक र द्विअर्थी शब्द थोपरिएको छ। उच्छृंखल भिडियो बनाइएको छ। लाग्छ, यी गीतहरूले तीजकै धज्जी उडाइरहेका छन् ।

 

 

बमबहादुर गाहामगरको र भागिरथ चलाउनेको संगीत रहेको गीत सार्वजनिक भएसँगै ट्रेन्डिङमा थियो। अहिलेसम्म सार्वजनिक भएको मध्ये धेरैले रुचाएको गीतको युट्युब भ्युज करिब ९५ लाख छ। आफूलाई प्रफमर भन्न रुचाउने दुर्गेश थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन्। नृत्यमा तीजको फ्लेबर फेला पर्दैन। गीतहरूले तीजकै धज्जी उडाइरहेका संस्कृतिविद्को तर्क छ।