२०८१ बैशाख ७ , शुक्रवार

यस रेमिट प्रालिको लाइसेन्स खारेज

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २६ लैनचौर स्थित मुख्य कार्यालय रहेको ‘यस रेमिट प्रालि’को लाइसेन्स खारेज गरेको छ ।

 

उक्त कम्पनीले आफै लाइसेन्स खारेजका लागि आवेदन दिएकाले राष्ट्र बैंकले लाइसेन्स खारेज (रद्द) गरेको हो । सो कम्पनीको लाइसेन्स खारेज गर्नु अघि उक्त कम्पनीसँग कारोबार गरेर लेनदेन बाँकी रहेका व्यक्ति तथा संस्थाहरुलाई सूचना जारी भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा आवेदन दिन पनि राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

 

तोकिएको मितिभित्र लिखित जानकारी प्राप्त नभएमा उक्त कम्पनीको रेमिट्यान्स कारोबार गर्ने लाइसेन्स खारेज हुने भएकाले बैंक ग्यारेन्टी समेत फुकुवा हुने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।