२०८० चैत्र १६ , शुक्रवार

ब्राजिलका वर्ल्ड च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली

सुनाखरी न्युज / काठमाडौं, २३ साउन । ब्राजिलका एक खेलाडीमाथि प्रहरीले गोली चलाएको छ । मार्सल आर्टका विश्व च्याम्पियन लियन्द्रो लोमाथि एक नाइटक्लबमा गोली हानिएको समाचार एजेन्सीले जनाएको छ ।

 

गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको एजेन्सीले जनाएको छ ।ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

 

उनी जियु–जित्सु एथलिस्ट च्याम्पियनसिपको हालसम्मकै उत्कृष्ट खेलाडीको रुपमा चिनिन्छन् । उनको हत्या कोसिस गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।