२०८१ बैशाख ८ , शनिवार

काखे छोरीको हत्या गरेर आमाले गरिन दोेस्रो विवाह

सुनाखरी न्युज / स्याङ्जा – २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाल शिशु हत्याको आरोपमा पक्राउ परेका छन ।

 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनीहरुले ती शिशुको हत्यापछि विवाह गर्ने र नयाँ जीवन बिताउने योजना बुनेको देखिन्छ । विवाहपछि रमाइलो गर्न नपाउँदै हत्या गरिएकी शिशुकी आमा र अर्का युुवक प्रहरी खोरमा पुगेका छन । त्यसको १० दिनपछि उनीहरुलाई गल्याङमा समातिएको छ । उनीहरुले भागेकै दिन राति अस्थायी चर्पीमा फालेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

 

युवतीले गल्याङ नगरपालिका २ ईलुङ्गाका मीनबहादुर रानासँग विवाह गरेपछि बालिका जन्माएकी र साउन १० गते काखे छोरी च्यापेर हिंडेकी थिइन । पछि खोजतलासको क्रममा उनले शिशुको हत्या गरेर केदार कुमालसँग नयाँ विवाह गरेको रहस्य खुलेको हो ।