२०८१ बैशाख ८ , शनिवार

राष्ट्र बैंकले आज ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) ७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।

 

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी कात्तिक २२ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब गरी कूल १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार (आज) दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

 

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।