२०८० चैत्र १६ , शुक्रवार

सुनचाँदीको मूल्य स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

 

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार तीन रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार आठ रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

 

आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार तीन रुपैयाँ रहेको र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार आठ रुपैयाँ रहेको थियाे । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२०५ रुपैयाँमा कारोबार भएको थियो ।