२०८१ बैशाख ११ , मंगलबार

एमाले र परिवारदल संधिय तथा प्रदेश निबार्चनमा सहकार्य गर्ने बाताबरण बन्दै

सुनाखरी न्युज/ काठमाडौं । सरकारले अगामि मङसिर ४ गते आईतबार एकै साथ हुने संधिय संसद तथा प्रदेश सभाको निर्बाचनको मिति घोषणा सँगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संग भेट गर्नु भएको छ ।

 

ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए । निर्बाचन घोषणा पछि दूई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएकोछ । गएको स्थानीय निर्बाचनमा एमाले र परिवार दलले चुनाबी सहकार्य गरेका थिए । भेटमा स्थानिय निकायको निर्बाचनको समिक्षा हुनुको साथै अगामि निर्बाचनमा पनि दूई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले जानकारी दिए ।

 

दुबै नेता बिच आपसी सवाद र छलफलको माध्यबाट अगाडि बढने र परिवार दलले एमाललाई स्थानीय निकायमा सर्पोट गरेकोमा अध्यक्ष ओलीले प्रशन्नता ब्यत्त गरेको पौडेलले जानकारी दिए । झण्डै २ घण्टा भएको छलफलमा सत्ता गठनबन्घ र अगामि निर्बाचनको बारेमा छलफल भएको थियो स्मरण रहोस दोस्रो संबिधानसभाको निर्बाचन पछि का निर्बाचनमा परिवार दल र एमाले बिच चुनाबी सहकार्य हुदै आएको छ ।