२०८१ बैशाख ८ , शनिवार

चंगान अटोले नेपालमा सफलतापूर्वक आफ्नो एक वर्षको सेवा पुरा

सुनाखरी न्युज/ काठमाडौं । चंगान अटोले नेपालमा सफलता पूर्वक आफ्नो एक वर्षको सेवा पुरा गरेको छ । चाईनाको नंबर एक प्यासेन्जर ब्राण्ड चंगान अटोले नेपालमा सफलतापूर्वक आफ्नो सेवाको पहिलो वर्ष पुरा गरेको छ ।

 

नेपालकालागिअधिकृत बिक्रेताएम.ए.डब्लुले एक वर्ष पहिले चंगानको उत्कृष्ट गाडिहरु नेपाली बजारमा भित्राएको छ । चंगान अटोले नेपालीबजारमाउत्कृष्ट सेडान एल्सभिनमार्फत आगमन गरेको थियो । यस सँगै उत्कृष्ट पिकअप हन्टर पनि सार्वजनिकगरिएको थियो । एल्सभिन पेट्रोल भेरिएन्ट हो भने हन्टर डिजेल भेरिएन्ट हो । हन्टर दुई संस्करण ४८२ र ४८२ मा उपलब्ध छ । सुरुवातमा सोल्टी होटेलको प्राङ्गणमा एल्सभिनलाई प्रदर्शनमा राखिएको थियो । यसका साथसाथै चंगान अटोले हाउजिङ , अपार्टमेन्ट , सपिङ मल र अस्पतालमा एक्टिभेसन कार्यक्रम आयोजना गरेको थियो ।

 

कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सितापाईला काठमाडौँबाट सञ्चालन गरेको थियो । यो नेपाली अटोमोबाइलइतिहासमै पहिलो कदमथियो जहाँ सोरुमको स्थापनाअगावै सर्भिस सेन्टरको स्थापनाभएको थियो । हन्टर सार्वजनिकभए सँगै कम्पनीले आफ्नो अत्याधुनिक सोरुम नक्शालबाट सञ्चालन सुरु गरेको थियो । पहिलो वर्षमै चंगानले राम्रो सुरुवातगर्न सफल भएको थियो । आगमनको पहिलो वर्षमै एल्सभिन बेस्ट सेलिङ मिड साइज सेडानमा चौथौ भएको थियो भने हन्टर बेस्ट सेलिङ पिकअपलक्जरीमा छैठौ भएको थियो ।

 

चंगान अटोले सम्पूर्णलाई नक्शाल, काठमाडौंमा अवस्थित सोरुममागई गाडीको अवलोकनगर्न आहवान गरेको छ । यसका साथै www. Changannepal.com मार्फत बिस्तृत जानकारी लिनका साथ साथै टेस्ट राइडको लागि बुकिङ पनिगर्न सक्नुहुनेछ । चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी च्याङ्गनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लग इनगरि प्राप्त गर्न सक्नु हुने छ ।