२०८१ बैशाख १३ , बिहिवार

संसदमा महाअभियोग : सत्तापक्ष र विपक्षीका आ–आफ्नै जिकिर

सुनाखरी न्युज/ काठमाडौं ।प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल भइरहेको छ ।

 

बिहान ११ बजेदेखि सुरू भएको बैठकमा महाभियोगको प्रस्तावबारे छलफल भइरहेको छ । सत्तापक्षले प्रमुख विपक्षीका कारण महाअभियोग प्रस्तावबारे छलफल हुन ढिला भएको दाबी गरेको छ । प्रमुख विपक्षी एमालेका सांसदहरुले भने सत्तापक्षले अदालतलाई आफूअनुकूल बनाउन महाअभियोग ल्याएको जिकिर गरेको छ ।

 

सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिनभित्र प्रतिनिधि सभामा पेस गर्नुपर्छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१(५) मा तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ ।