२०८१ बैशाख ८ , शनिवार

सशस्त्र प्रहरीद्वारा भिरमा अड्केका युवकको सकुशल उद्धार

सुनाखरी न्युज/ काठमाडौं । सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको शनिबार सकुशल उद्धार गरेको छ ।

 

सोही जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर भिरमा अड्किएका थिए ।

 

गोरेटोबाट चिप्लिएर ५० मिटर तल मेलम्ची खोलामाथिको भिरमा अड्किएका शेर्पाको सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले उद्धार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।