२०८१ बैशाख १३ , बिहिवार

निक्षेपको ब्याजदर नबढाउन बैंकरहरू सहमत

सुनाखरी न्युज/ काठमाडौं- राष्ट्र बैंकको नीतिगत व्यवस्थापछि ब्याजदर बढ्ने अनुमान विपरित शुक्रबार बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका छन्।

 

साउन मध्यमा मौद्रिक नीतिको कार्यान्वयनको लागि राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै नीतिगत ब्याजदर बढाएपनि बैंकहरूले भने मध्य समयमा निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका हुन्। ‘ब्याजदर चलाउनै परे भदौ लागेपछी मात्रै गरौं भन्ने कुरा राखेका हौं,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमूख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले भने, ‘भदौंमा पनि प्रणालीमा असन्तुलन नआउने गरेर बढाउनु पर्छ भन्नेमा जोड दिएका छौं ।’

 

राष्ट्र बैंकबाट पाँच दिनको लागि पाउने सापटी स्थायी तरलता सुविधाको दर समेत सात प्रतिशतबाट बढाएर ८.५ प्रतिशत पुर्‍याइएकोले बैंकहरूले ब्याजदर बढाउने अपेक्षा गरिएको थियो।