२०८० चैत्र १५ , बिहिवार

सिद्धार्थ इन्स्योरेन्सले एक वर्षमा कमायो ३२ करोडभन्दा बढी नाफा

सुनाखरी न्युज/ काठमाडौं- गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रू. ३२ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको यो नाफा ८ दशमलव ३२ प्रतिशत कम हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले रू. ३५ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

 

गत वर्ष कम्पनीको जम्मा आम्दानी २ दशमलव ४४ प्रतिशत बढी रू. ६१ करोड ८८ लाख भएको छ भने १७ दशमलव २७ प्रतिशत बढी रू. २९ करोड ७७ लाख जम्मा खर्च भएको छ । १५ प्रतिशत बोनस शेयर वितरण गरी रू. १ अर्ब २८ करोड ८० लाख चुक्तापूँजी पु¥याएको कम्पनीको जगेडा कोष रकम भने ९ दशमलव ३७ प्रतिशत कम रू. ३१ करोड २६ लाख कायम भएको छ ।

 

बीमा कोष रकम अघिल्लो वर्षभन्दा गत वर्ष करिब १६ प्रतिशत बढेर रू. १ अर्ब १६ करोड ८३ लाख कायम भएको छ । कम्पनीले गत चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा करिब ११ प्रतिशत बढी रू. २ अर्ब ६१ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ७ दशमलव ८१ प्रतिशत बढी रू. १ अर्ब ३७ करोड १२ लाख कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. २२२ दशमलव ११ रहेको छ ।