२०८० चैत्र १६ , शुक्रवार

सैद्धान्तिक स्वीकृति अघि जनशक्ति व्यवस्थापनको खाका समेत माग्न आग्रह

सुनाखरी न्युज/ काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृतिदिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवा सुविधा समायोजन लगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न नियनकारी निकायबिमा समिति समक्ष आग्रह गरेको छ । मर्जर वाप्राप्तिमाजाने कम्पनीले त्यस्तो खाका पेस गरेपछिमात्र सैद्धान्तिक स्वीकृति प्रदान गर्नुपर्ने संघको माग छ ।

 

संघले शुक्रबार बिमा समितिमाबुझाएको मागपत्रमा समितिले सैद्धान्तिक सहमतिदिएको पत्रमा‘कर्मचारीले खाइपाई आएको तलब सुबिधा नघट्ने गरी व्यवस्थापन गरिनेछ’ मात्रउल्लेख हुँदा वर्षौंदेखि कार्यरत कर्मचारीको उचित व्यवस्थापन होला भन्नेमा संघ विश्वस्तहुन नसकेको उल्लेख छ । त्यसैले नियामकनिकायले नै यस विषयमा ठोस कदम चाल्नुपर्छ भन्ने निष्कर्षमासंघ पुगेको पत्रमाउल्लेख छ । बिमा क्षेत्रलाई सबल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यावसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमाकार्यरत कर्मचारीको हित तथा उनीहरुको सेवा र सेवा सर्तको रक्षाका लागि विभिन्न चार विषयमा बिमा समितिले स्पष्ट निर्देशन जारी गर्नुपर्ने संघको माग छ ।

 

संघले संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमाहुनुपर्ने कामकारवाहीलाई मर्जरको बहानामा अवरुद्ध हुननदिन, रिक्त दरबन्दीमापदपूर्तिको कामनियमित रुपमागर्न, श्रम ऐन तथा टे«ड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीको नियमित रुपमाहुनुपर्ने वृत्तिविकास र सामूहिक सौदाबाजीलाई मर्जरकानाममा अवरुद्ध नगर्न र बीमाकम्पनीहरुको मर्जर तथाप्राप्तिकार्यको समयावधिनिश्चितगर्न बिमा समितिबाटै स्पष्ट निर्देशनजारी हुनुपर्ने माग गरेको छ । बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ (संशोधन सहित २०७८) को बुँदानं. ३ को (ङ) माबिमा समितिले सैद्धान्तिक सहमतिकालागिगाभ्ने, गाभिने बिमककाकर्मचारीको व्यवस्थापनको विवरण पेस गर्नुपर्ने उल्लेख भएकाले सैद्धान्तिक सहमतिदिनुपूर्व सम्बन्धित संस्थाको सम्पूर्ण पाटाहरुको विस्तृत अध्ययनविश्लेषण गर्नुका साथै संस्थामाकार्यरत कर्मचारीको पद, तह र सेवासुविधाको समायोजन लगायतजनशक्तिव्यवस्थापनका सम्पूर्ण खाका पेस गरेपछि मात्र सैद्धान्तिक स्वीकृतिदिई मर्जर तथाप्राप्तिप्रक्रियालाई अगाडि बढाउनुपर्नेमासंघले जोड दिएको छ ।

 

बिमा समितिले आगामी चैतसम्ममा निर्जीवन बिमा कम्पनीलाई २ अर्ब ५ करोड र जीवनबिमाकम्पनीलाई ५ अर्ब रुपैयाँचुक्तापँुजी पु¥याउननिर्देशनदिएको छ । उक्तनिर्देशनजारी भएपछितोकिएको चुक्तापुँजी पु¥याउनधैरैकम्पनीहरुले मर्जरको बाटो रोजेकाछन् । उनीहरुलाई मर्जर वाप्राप्तिमाजानसमितिले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । यसै सिलसिलामा संघले ती संस्थामाकार्यरत कर्मचारीको हितकालागि समितिकोध्यानाकर्षण गराएको हो । पत्रमा बिमा कम्पनीहरुको मर्जर तथा प्राप्तिले भविष्यमा यस क्षेत्रलाई सबल, सक्षम र व्यावसायिकबनाउने पनिउल्लेख छ । तर, मर्जर वा प्राप्तिका क्रममा यस क्षेत्रलाई पेसाको रुपमा अँगालेको ठूलो जनशक्तिको रोजगारी जोखिममा पर्ने र उनीहरुले आफ्नो पेसा, व्यवसाय र रोजगारीबाट अलगहुनुपर्ने अवस्थाआउन सक्ने आशंकागर्दै त्यसप्रतिसंघले चिन्ताव्यक्त गरेको हो ।

कम्पनीका अचल सम्पत्ति, लगानीकर्ताको लगानी तथा लामो समयसम्मकालागिभनीकम्पनीले बहन गरेको बिमितकोजोखिमको लेखाजोखाभइरहँदाकम्पनीको विकास र विस्तारमादिन रातनभनी परिचालितहुने कर्मचारी व्यवस्थापनको विषयलाईनियमनकारी निकाय, लगानीकर्ता र कम्पनीको उच्चव्यवस्थापनले पूर्ण रुपमा सम्बोधननगरेको संघका अध्यक्षपदमराज रेग्मी र महासचिव हरिराज खरेलले हस्ताक्षर गरी बिमा समितिमाबुझाएको पत्रमाउल्लेख छ । नेपालका बैंक, फाइनान्स, लघु वित्तका लागि मर्जर नौलो विषय नभए पनि बीमा क्षेत्रका लागि यो विल्कुलै नयाँ प्रक्रिया भएकोले बैंकिङ क्षेत्रको मर्जर तथाप्राप्तिकातिता–मिठा अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असलअभ्यासलाई आत्मसात गरी बिमा समितिले समग्र बीमा क्षेत्र र सोमाकार्यरत कर्मचारीको उचित व्यवस्थापन एवम् लगानीकर्ताको लगानी सुरक्षा र सेवाग्राहीको हित रक्षाको लागि स्पष्ट नीतिगत र प्रक्रियागतकानुनीव्यवस्थागर्नुपर्ने संघको सुझाव छ ।

 

नेपाल वित्तीय संस्थाकर्मचारी संघको संक्षिप्त जानकारी
नेपालवित्तीय संस्थाकर्मचारी संघनेपालको बैंक, बीमा, लघुवित्त, पुँजीबजार तथाअन्यवित्तीय क्षेत्रमाकार्यरत कर्मचारीहरुको संगठन हो । संघले सरकारी तथानिजी क्षेत्रबाट स्थापित ४८ वटा बैंक, बिमा, लघुवित्त तथाअन्यवित्तीय संस्थाका प्रतिष्ठानस्तरका ट्रेड युनियनको नेतृत्व गर्छ । संघ वित्तीय क्षेत्रमाकार्यरत कर्मचारीको पेसागतहकहितको संरक्षण एवं वित्तीय क्षेत्रमापारदर्शिता र सुशासनकायम गरी वित्तीय क्षेत्रको विकास र स्थायित्वकालागिक्रियाशील छ ।