२०८० चैत्र १५ , बिहिवार

पोखरा १९ मा वडा स्तरीय बाल क्लव गठन

शिशिर पौडेल/ पोखरा । पोखरा महानगर पालिका वडा नं १९ मा वडा स्तरीय बाल क्लब गठन भएको छ । त्यस वडाका ८ वटा सामुदायिक विद्यालयका बाल वालिका सहभागी भेलाले रन्जु वास्तोलाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको वडा सदस्य विकास आचार्यले जानकारी दिनुभयो ।

क्लवको उपाध्यक्षमा प्रमिसा पौडेल, सचिवमा कैलास तिवारी , सह सचिवमा मिरा छन्त्याल , कोषाध्यक्षमा सृजित आचार्य र सदस्यहरूमा समृद्धि पौडेल,विजय पौडेल,विलोचन गौतम, संगम विक ,अंशु गौतम,विरधन घर्ती मगर,शिशिर पुन मगर,विवेक विक ,सोनिया अधिकारी ,आयुशा वास्तोला र अंकित वास्तोला चयन भएका छन् । यश अघि भेलाको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले बाल अधिकारका क्षेत्रमा क्लबले महत्त्वपूर्ण भुमिका खेल्ने वताए ।
विभिन्न विद्यालयका प्रधानाध्यापक सहभागी भएको कार्यक्रमको संचालन वडा सचिव श्रीराम पौडेलले गर्नुभएको थियोे ।