२०८० चैत्र १५ , बिहिवार

नुवाकोटको बेलकोटगढी केन्द्र भएर ५.३ म्याग्निच्युडको भूकम्प

सुनाखरी न्युज/ काठमाडौं ।

नुवाकोटको बेलकोटगढी केन्द्र भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ५.२६ मिनेटमा  ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

यसअघि साउन १५ गते बिहान ८ .१३ बजे खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।