२०८० चैत्र १५ , बिहिवार

यी हुन् राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत् गरेका नयाँ व्यवस्था (पूर्णपाठसहित)

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि नेपाल राष्ट्र बैंकले  बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा कोरोनाको समयमा बैंक तथा वित्तीय संथा, निजी क्षेत्र र ऋणीलाई दिएको सबै सुविधा कटौती गरेको छ । यस्तै केही नयाँ व्यवस्था पनि गरेको छ ।

नेपाल राष्ट्र बैंकले ऋणपत्र रकमलाई शर्तसहित कर्जा निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा ऋणपत्र रकमलाई २०८० साल असार मसान्तसम्म निक्षेपको स्रोतमा गणना गर्न दिने व्यवस्था गरेको थियो ।

एकीकृत निर्देशिकामा २०७८ साल भदौ ८ अगाडि निष्कासन भएको ऋणपत्रमात्र कर्जा निक्षेप अनुपात र पुँजीकोष अनुपात गरेर दुबैतर्फ गणना गर्न दिने व्यवस्था गरेको हो । गतवर्षको भदौ ८ देखि अहिलेसम्म ३८ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र निष्कासन भएको छ । १० अर्बको ऋणपत्र अहिले निष्कासनको पाइपलाइनमा रहेको छ ।

निर्देशिकाको पूर्णपाठ