२०८१ बैशाख १३ , बिहिवार

अखिल (क्रान्तिकारी ) ले गर्यो सरसफाइ कार्यक्रम

सुनाखरी न्युज / काठमाडौ। अखिल (क्रान्तिकारी )विश्व निकेतन (त्रिपुरेश्वर) ईकाइ कमिटीको आयोजनामा विद्यालय हाता भित्र सरसफाइ सम्पन्न भएको छ।

 

यसै क्रममा अखिल (क्रान्तिकारी ) काठमाडौं महानगर समितिका कार्यवाहक अध्यक्ष भरत महताराले आगामी दिनमा पनि यसरी नै अघि बढने र उहाँले विश्व निकेतन सिङ्गो कमिटी , प्रशासन ,गुरुवर्ग र उपस्थित सम्पुर्णहरुलाइ अखिल (क्रान्तिकारी ) काठमाडौं महानगर समितिको तर्फबाट हार्दिक धन्यवाद सहित सुभकामना व्यक्त गर्नु भएको थियो ।

 

आगामी दिनमा यी र यस्ता रचनात्मक कार्य गर्दै अघि बढने र यसमा सम्पुर्णलाई साथ दिन समेत अनुरोध गर्दै बिद्यार्थीहरुले फोहोर मात्र हैन शैक्षिक माफियाहरुलाइ फोहोरको डङ्गुरमा फाल्न समेत अखिल (क्रान्तिकारी ) पछि नपर्ने कुराको जानकारी दिनु भयो ।