२०८१ बैशाख ११ , मंगलबार

सांग्रिला बैंकको नाफा सँगै बढ्यो प्रतिसेयर आम्दानी

सुनाखरी न्युज /काठमाडौ- ३१ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले थगत आर्थिक वर्षमा ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४५.२९ प्रतिशतले बढाएको हो ।

 

बैंकले अघिल्लो आवमा ४१ करोड ८० लाख मुनाफा आर्जन गरेकेा थियो । बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ८० लाख पुग्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्थाको प्रोभिजन रकम २३ करोड ६१ लाखबाट २ करोड ५४ लाखमा झरेको छ । जसले गर्दा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य बढेको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले वृद्धि भएर ८६ करोड ४६ लाख २ हजार पुगेको छ । बैंकले गत असार मसान्तसम्म ४८ करोड ७७ लाख ५४ हजार निक्षेप संकलन गरेर ४० अर्ब ८४ करोड २५ लाख कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमश ४१ अर्ब ७९ करोड ७४ लाखबाट १६.६९ प्रतिशत र ३३ अर्ब ४ करोड ४७ लाखबाट २३.६० प्रतिशतले बढेको हो ।

 

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आबमा १० प्रतिशत बोनस सेयर दिएर ३ अर्ब १ करोड ७ लाख पुयाएको छ । पूँजी वृद्धिका बाबजुत पनि बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९८ पैसाबाट बढेर १९ रुपैयाँ ७९ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ६४ पैसाबाट बढेर १४१ रुपैयाँ ५३ पैसा पुगेको छ । सञ्चित कोषमा ३४ करोड ८६ लाख २२ हजार रहेको बैंकको जगेडा कोषमा ९० करोड १७ लाख छ ।बैंकको बेस रेट ८.५४ प्रतिशतबाट बढेर ११.२६ प्रतिशत पुगेकेा छ । यस्तै पूँजी पर्याप्तता अनुपात ११.७७ प्रतिशतबाट बढेर ११.८५ प्रतिशत पुगेको छ ।