२०८० चैत्र १६ , शुक्रवार

राजदूत यान्छीलाई गृहमन्त्री खाणले भने- नेपाल एक चीन नीतिको पक्षमा प्रतिबद्ध

सुनाखरी न्युज / काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भयो ।

 

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।भेटमा राजदूत यान्छीले नेपालमा हुने विपदको व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन् ।

 

सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुशी व्यक्त गरेको राजदूत यान्छीले बताइन् । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् । उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराए । बुधबार मात्र नेपालका लागी चीनकी राजदूत होउ यान्छीले विज्ञप्तिमार्फत ताइवान मुद्दामा नेपालले चीनको साथ दिने छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताएकी थिइन् ।