२०७९ श्रावण २५ , बुधवार

प्रहरीले फेला पार्यो तीन नाल भरुवा बन्दुक

Capture

सुनाखरी न्युज / काठमाडौ- प्रहरीले हुम्लाको चंखेली गाउँपालिकामा तीन नाल भरुवा बन्दुक फेला पारेको छ । गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अबस्थामा बन्दुक फेला पारिएको हो ।

 

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाई राखेको १ नाल लोड र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा फेला परेको हो ।

 

प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी हिराबहादुर पाण्डेले बन्दुकबारे थप अनुसन्धान भइरहेको बताए ।