२०८० चैत्र १६ , शुक्रवार

अबको मुख्य केन्द्र निर्वाचन : अध्यक्ष ओली

सुनाखरी न्युज / काठमाडौ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत आफूतिर पार्ने महासंग्राममा होमीन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् । ‘अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो हाम्रा निम्ति बहुतै चुनौतीपूर्ण छ । देशको आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो,’उनले भने,’ राष्ट्रिय आकांक्षा प्राप्त गर्ने गन्तव्य बनाएर अघि बढाउनुपर्नेछ ।’ अध्यक्ष ओलीले राज्य लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए। ओलीले भने, ‘उपयुक्त सरकार बनाउनुपर्छ । त्यसले मात्रै देश आधुनिकीकरणतर्फ उन्मुख हुन्छ । बहुसंख्यक जनताको साथ र समर्थक पाउनुपर्छ । कम्तिमा हामीलाई दुई तिहाइ बहुमत चाहिने हो । तर सम्भावना कम छ।’

 

उनले एमालेलाई दुइ तिहाई बहुमत आवश्यक रहेको बताए। ‘अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । इमान्दार प्रयासलाई अघि बढायौं भने बहुमत प्राप्त गर्न सक्छौं । हामीले केन्द्र र प्रदेश सरकारमा बहुमत प्राप्त गर्नुपर्छ । मुख्य कुरा केन्द्रमा आफ्ठेरो नपर्ने गरि बहुमतको सरकार गठन गर्न आवश्यक छ ,’उनले भने।