२०८१ बैशाख ११ , मंगलबार

युएइमा हुँदै सिजन मिडियाको एसियन प्रोफेशनल एचिभमेन्ट अवार्ड–२०२२

सुनाखरी न्युज / काठमाडौ । लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक र साँस्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा स्थापित सिजन मिडियाले व्यवसायिक, शैक्षिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थालाई हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न अवसरमा सम्मान गर्दै आएको यहाँहरुलाई अवगत नै छ ।

 

सिजन मिडिया आफ्नो १४औं स्थापना दिवस तथा संविधान दिवस २०७९को अवसर पारेर असोज १३ गते यूएइको वरदुबइमा ‘एसियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२२’ नामक अवार्ड तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदछु । उक्त कार्यक्रमा एसियन मुलका विभिन्न क्षेत्रमा सक्रिय सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल विभिन्न व्यक्तिको काम र मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले यस पटक अन्तर्राष्ट्रियस्तरमा नै विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक सस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

 

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उनीहरुले दिएको योगदानको मुल्याङ्कन गर्दै त्यस्ता विशेष व्यक्तिलाई यस पटक संस्थाले अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच, व्यवसायिक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्सान गर्न लागिएको हो । २०१९मा दुवइमा सम्पन्न भएको प्रोफेसनल एचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिए पनि फेरि यसको तेस्रो संस्करण दुवाइमा नै गर्न लागिएको हो । सिजन मिडियाका अध्यक्ष वन्तले सामाजिक राजनीतिक साँस्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्षभन्दा वढी समय निरन्तर काम गरी सफलता प्राप्त गर्नुभएका र हाल देश तथा विदेशमा विभिन्न काममा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड गर्न लागिएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘सबै व्यवसायिक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौँ, यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं, सकारात्म्क सोच रार्खौ, व्यवसायिक तथा सामाजिक दायित्व पूरा गरौँ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौ ।”