२०८१ बैशाख ८ , शनिवार

परराष्ट्र मन्त्री खड्का २४ गते चीन जाने

सुनाखरी न्युज/ काठमाडौ -परराष्ट्र मन्त्री नारायण खड्काले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्।

 

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा खड्का साउन २४ गते चीन जान लागेका हुन्। खड्का र यीबीच साउन २५ मा चीनको पूर्वी प्रान्त सान्दोङको छिन्ताओ सहरमा दुई पक्षीय वार्ता हुनेछ।

 

एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन्।