२०८१ बैशाख १३ , बिहिवार

पेटको समस्याबाट छुटकारा पाउन यि घरेलु उपचारको प्रयोग गर्नुहोस्

सुनाखरी न्युज / काठमाडौं – वर्षायाममा पेट सम्बन्धी समस्या अझ बढ्ने गर्दछ । वर्षायाममा त्यसैले ज्वरो, एलर्जी र संक्रमणका घटनाहरू तीव्र रूपमा बढ्न थाल्छन र अस्वस्थकर खानाले ठूलो समस्या पनि निम्त्याउन सक्छ । पाचन प्रक्रियाले नै राम्रोसँग काम गर्न नसकेको अवस्थामा पेटसम्बन्धी धेरै रोगहरूले सताउने गर्छ । त्यसका लागी पाचन प्रणालीलाई स्वस्थ राख्नु र स्वस्थकर खाना खानु निकै आवश्यक हुन्छ । यस्तै, पेटको दुखाई कम गर्नका लागि घरेलु उपचारले पनि केही हदसम्म काम गर्छ । कुनै कुनै अवस्थामा घरेलु उपचारबाटै तपाईको दुखाई सञ्चो हुन सक्छ । यस्ता छन –

 

– अदुवा  खाएको कुरा नपच्ने अपचको औषधी अदुवा जस्तो अरु केहि हुनसक्दैन । यसमा पाईने एन्टी इन्फ्लेमेटरी तत्वको कारणले पेटले राहतको अनुभती हुने गर्दछ ।

– तुलसी   पेट दुखाईको लागि पनि तुलसी निकै नै लाभकारी मानिन्छ । मात्र १ चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र पेट बटारेको पनि निको हुन्छ । तुलसीको पातलाई काढा बनाएर       पिउनाले झाडापखाला र कब्जियत जस्ता समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । तुलसीको ४ वटा पातलाई नियमित सेवन गर्नाले विभिन्न प्रकारका समस्याबाट राहत पाउन सकिन्छ ।

– बेसारले पेटको समस्याका लागि फाइदाजनक हुन्छ । आयुर्वेदमा बेसारका धेरै फाइदाहरू बताइएका छन । बेसार यसको एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुणका लागि पनि चिनिन्छ । पेटको     समस्यामा बेसारको प्रयोग निकै प्रभावकारी साबित हुन्छ । यसले बेचैनी पनि कम गर्छ । यो धेरै तरिकामा प्रयोग गर्न सकिन्छ । यसलाई खानामा वा चियासँग मिसाएर प्रयोग गर्न सकिन्छ ।

 

-काँचो केराले पेट सम्बन्धी समस्यामा फाइदा गर्छ । केरामा पेक्टिन नामक फाइबर पाइन्छ । जसले पखालासँग लड्न मद्दत गर्छ । बान्ता र पखाला हुँदा शरीरमा इलेक्ट्रोलाइट सन्तुलन बिग्रन्छ । केराले    शरीरमा बिग्रने इलेक्ट्रोलाइटको मात्रालाई पनि सही राख्छ । काँचो केराका केही टुक्रा मह वा अदुवा मिसाएर खाँदा पेट दुख्ने समस्यामा आराम मिल्छ ।

– कागती पानीले पेटलाई सफा राख्नुको साथै सरिरको लागि अनावस्यक पानि तथा ग्यांस निकाल्ने सबैभन्दा राम्रो मानिन्छ ।

– दही खानुहोस्  यसमा हुने प्रोबायोटिक्स गुड ब्याक्टेरियाले पेटमा फसेको ग्याँसलाई बाहिर निकालिदिन्छ ।

 

 

अपचको समस्या अचेल सामान्य भएको छ । यो वयस्क र साना केटाकेटीहरूमा पनि देखिएको छ । नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक रिपोर्ट अनुसार जीराको पानीले पेटको समस्यामा  आराम दिन्छ । यसमा पाइने ग्यास्ट्रोप्रोटेक्टिभ गुणले पेट दुख्ने, पेटमा जलन हुने, ग्यास हुने, पेट फुल्ने र बान्ता हुने समस्यामा राहत दिन्छ ।